FAQs Complain Problems

मैवाखोला गाउँपालिकाको प्रशासकीय भवन

Read More

स्थानीय तह निर्वाचन २०७९, प्रमाण पत्र वितरण कार्यक्रम

Read More

अषारे खेति

Read More

मिल्के-जलजले क्षेत्रमा पाइने रेडपाण्डा

Read More

गाउँसभाको १२ औँ अधिवेशन पश्चात पालिकापरिवारको सामुयिक फोटो

Read More

गाउँसभाको १२ औँ अधिवेशन पश्चात पालिकापरिवारको सामुयिक फोटो

Read More

विजय प्रकाश वनेम

Image: 
ईमेल: 
hellokirat@gmail.com
फोन: 
9852660934
Post Box: 
मैवाखोला- २

विजय प्रकाश वनेमको जन्म २०३८ साल बैशाख १८ गते भएको हो । उहाँ मैवाखोला गाउँपालिका. वडा नं. २, ढुङ्गेसाँघुका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँका पिता रन कुमार लिम्बु र माता प्रेम कुमारी लिम्बु हुन् । वनेमले ढुङ्गेसाँघुको सिंह प्राथमिक विद्यालय मेहेलटारबाट प्रारम्भिक शिक्षा सुरु गर्नु भएको थियो । उहाँले कक्षा ५ देखि ७ सम्म तेह्रथुमको चुहानडाँडामा र कक्षा ८ देखि १० सम्म ढुङ्गे साँघुकै मैवाखोला मा.वी.तेम्बेमा अध्ययन गर्नु भएको थियो । उहाँले तेम्बेबाटै २०५५ सालमा प्रवेशिका उत्तीर्ण गर्नु भएको थियो । प्रवेशिका पछी तेह्रथुमको चुहानडाँडा क्याम्पसमा उच्च शिक्षा अध्ययन सँगै विद्यार्थी राजनिति सुरु गर्नु भयो । २०५८ मा पत्रकारिता सँगै वामपन्थी आन्दोलन गर्दै एकता केन्द्र मसालको बैधानिक जनमोर्चा नेपालमा आबद्ध हुनु भयो । महेन्द्र बहुमुखी क्याम्पस धरानको अनेरास्वव्यू एकीकृतको सचिव हुदै अध्यक्ष भएर स्ववियु निर्वाचनमा उम्मेद्वार समेत हुनु भएको थियो। काठमडौमा प्रतिगमन विरुद्ध नेतृत्व गर्दै राजाको साही कदम विरुद्ध शैक्षिक एजेण्डा सँगै तत्कालिन अवस्थामा गणतन्त्रको पक्षमा रजनैतिक एजेण्डा अघि सारेको हुँदा त्यहि समयमा उहाँलाई तीन पटक सम्म प्रहरिले हिरासतमा परेका थिए ।

त्यस पछी उहाँ अनेरास्वव्यू एकीकृतको सुनसरी जिल्ला सचिव बन्नु भयो । २०६०-०६१ मा प्रतिगमनको विरुद्दमा गणतन्त्रका पक्षमा चार साता सम्मको संयुक्त आन्दोलनको बलले प्रतिगमन सच्चिएपछी उहाँले गाउँमै आएर राजनीतिक गतिविधी गर्नु भएको थियो । १९ दिने जनआन्दोलनमा उहाँको सक्रिय सहभागिता रह्यो । २०६३ मा एकता केन्द्रको ताप्लेजुङ इन्‍चार्ज रहनु भएको थियो भने २०६५ मा माओवादी र एकता केन्द्र मसाल माओवादीमा समाहित हुदा माओवादीको लिम्बुवान राज्य समितिको सचिवालय सदस्य हुनु भयो । २०७० सालमा माओवादीका जिल्ला इन्‍चार्ज रहनु भएको थियो । २०७१ सालमा उहाँ माओवादी जिल्ला उपाध्यक्ष रहनु भएको थियो । उहाँ माओवादी केन्द्रको जिल्ला संयोजक हुनु भएको थियो । माओवादी र एमालेको एकीकरण पछी नेकपा बन्दा उहाँ जिल्ला अध्यक्ष हुनुहुन्थियो । नेकपा विभाजन पछी उहाँ माओवादी केन्द्रको जिल्ला अध्यक्ष हुनुहुन्छ । हाल माओवादी केन्द्रको एक नम्बर प्रदेश सचिवालय सदस्य हुनुहुन्छ । उहाँले राजनितीक शास्त्रमा स्नातकोत्तर र कानुन संकायमा स्नातक सम्मको अध्ययन गर्नु भएको छ । उहाँले भ्रष्टाचार रहित मैवाखोला र समृद्ध मैवाखोला निर्माणमा जोड दिने बताउनु भएको छ । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, सरसफाईको क्षेत्रमा व्यापक सुधार गर्नु पर्ने कुरामा जोड दिनु भएको छ।

स्थानीय तह निर्वाचन, २०७९ मा ने.क.पा. एमालेका उम्मेदवार राजन कुमार थक्लुङलाई पराजीत गर्दै मैवाखोला गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।

Section: 
मैवाखोला गाउँपालिका

Pages

मैवाखोला गाउँपालिकाको नक्सा

सूचना तथा समाचार

जन प्रतिनिधि