सूचना
मैवाखोला गाउँपालिकाको १८ औँ हिउँदे अधिवेशन २०८२/१०/१७ र १८ गते गरी दुई दिनसम्म सञ्चालन भएको छ । अधिवेशनबाट गाउँसभाले चार वटा विधेयक र दुई वटा कार्यविधि पारित गरेको छ ।
गाउँसभाबाट पारित विधेयक तथा कार्यविधि यस प्रकार रहेका छन्–
पारित विधेयकहरूः
१. मैवाखोला गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, २०८२
२. सहकारी सम्बन्धी ऐन, २०७५ को पहिलो संशोधन विधेयक, २०८२
३. मैवाखोला गाउँपालिकाको सार्वजनिक–निजी–साझेदारी तथा लगानी विधेयक, २०८२
४. मैवाखोला गाउँपालिकाको आर्थिक ऐन, २०८२ को पहिलो संशोधन विधेयक, २०८२
पारित कार्यविधिहरूः
१. मैवाखोला गाउँपालिकाको केरुजु फस्र्यौट कार्यविधि, २०८२
२. अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि, २०८२