सूचना
ग्यालरी
साँघु, ताप्लेजुङ | २०८३ जेष्ठ १
"सुखी र समृद्ध मैवाखोलाको आधारः अर्गानिक कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार" भन्ने संकल्पका साथ आज २०८३ जेष्ठ १ गते, मैवाखोला गाउँपालिका वडा नं. ३ स्थित साँघु स्वास्थ्य चौकीको नवनिर्मित भवन एक विशेष समारोहका बीच समुद्घाटन गरिएको छ।उक्त नवनिर्मित भवनको समुद्घाटन गाउँपालिकाका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्यूले गर्नुभएको हो। स्वास्थ्य सेवालाई थप गुणस्तरीय, भरपर्दो र सुविधायुक्त बनाउने लक्ष्यका साथ निर्माण गरिएको यस भवनले साँघुवासी लगायत आसपासका नागरिकहरूलाई सहज स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास पालिकाले लिएको छ।
साँगु, ताप्लेजुङ | २०८३ वैशाख ३०
मिति: २०८३ वैशाख ८
गाउँसभाबाट पारित विधेयक तथा कार्यविधि यस प्रकार रहेका छन्–
पारित विधेयकहरूः
१. मैवाखोला गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, २०८२
२. सहकारी सम्बन्धी ऐन, २०७५ को पहिलो संशोधन विधेयक, २०८२
३. मैवाखोला गाउँपालिकाको सार्वजनिक–निजी–साझेदारी तथा लगानी विधेयक, २०८२
४. मैवाखोला गाउँपालिकाको आर्थिक ऐन, २०८२ को पहिलो संशोधन विधेयक, २०८२
पारित कार्यविधिहरूः
१. मैवाखोला गाउँपालिकाको केरुजु फस्र्यौट कार्यविधि, २०८२
२. अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि, २०८२
मितिः२०८२।०८।१७
मितिः २०८२।०३।२१
“मैवाखोला गाउँपालिका को दलित शसक्तिकरण कार्यक्रम” अन्तर्गत ‘दलितशसक्तिकरणको लागि अध्यक्षकोष संचालन तथा व्यवस्थापन कार्यविधि-२०८१’बमोजिम माग प्रश्तावना आव्हान गरी प्रत्येक वडामा गठन भएको दलित समुहहरु बाट आएको माग तथा वडाको सिफारिस अनुसार रु ११,६४,००० बराबरको तपसिल बमोजिम को आयोजनाहरु छनौट गरी आयआर्जनमा टेवा पुर्या उने तथा सौचालय निर्माण का लागि आवश्यक विभिन्न समाग्रीहरु तथा पशुपालनका लागि उन्नत जातका गाई, भैसी र बाख्रा वितरण ।
तपसिलः
क) वडा नं. १ (नवजागरण दलित समुह)
१) फुलमाया कालिकोटे (टनेल २०x३०) १ थान
मितिः २०८२।०३।११
मैवाखोला गाउँपालिकामा कार्यरत आ.व. २०८१।०८२ का उत्कृष्ट कर्मचारीहरुलाई गाउँपालिका द्वारा सम्मान ।सम्मानित सम्पुर्ण कर्मचारी जयूहरुलाई धेरै धेरै बधाई तथा आगामी दिनहरुको लागि शुभकामना ।
सम्मानित हुनु भएको कर्मचारी ज्यूहरु:
१) श्री सन्तनारायण श्रेष्ठ ( प्राविधिक अधिकृत)
२) श्री अर्जुन कुमार घिमिरे (प्राविधिक सहायक )
३) श्री देवी प्रसाद चापागाइ (प्रशासन शाखा प्रमुख)
४) श्री तम कुमार माङदेन (एम आई एस अपरेटर)
५) श्री तिलोचन गौतम ( कार्यालय सहयोगी )
मितिः २०८२।०३।११
मैवाखोला गाउँपालिका द्वारा ‘१५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रदेश स्तरिय तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा’ उत्कृष्ट प्रदर्शन गरी विभिन्न पदक विजेता मैवाखोला गाउँपालिकाका तपसिल बमोजिमका खेलाडीहरुलाई सम्मान ।
तपसिलः
१. अमिर लिम्बु ( राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्स (३००० मिटर दौड ) विधा तर्फ द्वितीय)
२. सरोज लिम्बु ( प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको उसु सान्सौ विधा तर्फ तृतीय )
३. राजन वि.क. ( प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको ट्रिपल जम्प विधा तर्फ द्वितीय )
मिति २०८२।०२।२७, मैवाखोला गाउँपालिका ,
पहिरो नियन्त्रण, पर्यावरण संरक्षण तथा विभिन्न हस्तकलाका समाग्री निर्माण मा प्रयोग गर्न सकिने तथा टुसा समेत खान मिल्ने बहुउपयोगी मोसो प्रजातिको बासको बिरुवा पहिरो ग्रस्त क्षेत्रहरु लाई प्रथमिकता मा राखि बितरण गरिएको छ।
मिति २०८२/०१/१३ गते मैवाखोला गाउँपालिका, ताप्लेजुङ
दलित शसक्तीकरणका लागि अध्यक्ष कोष सञ्चालनका लागि वडा स्तरीय दलित समुह गठन तथा सुझाव संकलन कार्यक्रम गाउँपालिकाको सम्पूर्ण वडा मा सञ्चालन |
संकलित सूझावहरुः
- दलित लक्षित सिपमुलक,चेतनामूलक कार्यक्रम संचालन गर्नु ।
- जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्नु ।
- निरक्षर व्यक्तिहरूको तथ्याङ्क संकलन गरी साक्षर बनाउनु ।
- दलित समुदायको परम्परागत सीप र सस्कृतिको जगेर्ना गर्न ।
- विपन्न दलित समुदायलाई आवास,खानेपानी,चर्पी,गोठ सुधार लगायत पूर्वाधार निर्माणमा सहयोग गर्नु।
मैवाखोलामा कफी खेती विस्तार गरिँदै, गाउँपालिकाद्वारा किसानलाई बिरुवा वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती विस्तार गर्ने लक्ष्यसाथ तल्लो भेगका किसानलाई कफीको बिरुवा वितरण । गाउँपालिकाले किसानहरूको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले प्रत्येक घरलाई न्यूनतम १ सय वटा कफीको बिरुवा प्रदान गर्दै कार्यक्रम अघि बढाएको हो ।
मैवाखोला गाउँपालिकाको आ.ब.०८१/८२ को स्वीकृत याका चौरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं -६ साम्तोङको जलजले याक चौरी पालन कृषक समूहलाई १४ वटा याक चौरी हस्तान्तरण । गाउँपालिकाको यो वर्ष याक चौरी प्रबर्द्धन कार्यक्रम अन्तर्गत ५,००,०००/( पाँच लाख ) रुपैयाँ विनियोजन भएको थियो । पालिकाको ८० प्रतिशत अनुदान र कृषकहरुको २० प्रतिशत लगानी ।