सूचना
जिल्ला समन्वय समिति ताप्लेजुङ द्वारा मैवाखोला गाउँपालिकाको निर्माणाधिन योजनाहरुको स्थलगत भ्रमण ।
मितिः२०८२।०१।११ मैवाखोला गाउँपालिका, ताप्लेजुङ
चालु आ.व. २०८१।०८२ मा मैवाखोला गाउँपलािकामा सञ्चालनमा रहेका मूख्य-मूख्य आयोजना हरुको जिल्ला समन्वय समिति, ताप्लेजुङका प्रमुख श्री छिरिङ लामा ज्यु, मैवाखोला गाउँपालिकाका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्यु, गाउँपालिका उपाध्यक्ष श्री कमल कुमारी वनेम ज्यु, जिल्ला समन्वय समिति सदस्य ज्युहरु,  जिल्ला समन्वय अधिकारी श्री युवराज पौडेल ज्यु, मैवाखोला गा.पा नि.प्र.प्र.अ. लक्ष्मी माया गोम्देन ज्यु लगायत जि.स.स.का कर्मचारी ज्यूहरु द्वारा स्थलगत भ्रमण गरी अनुगमन । अनुगमनका क्रम मा वडा नं. २ मा रहेको निर्माणाधिन १५ सैँयाको अस्पताल, मैवाखोला मा.वि. खेलमैदान त्यसैगरि वडा नं. ३ मा रहेको निर्माणाधिन प्रशासनिक भवन, निर्माणाधिन साँघु स्वास्थ्य चौकी, निर्माणाधिन कबर्ड हल लगायत  विपद्का कारण विस्थापित भएका ६५ घरधुरी लाई अस्थायी आवास निर्माण गरी राखिएको वडा नं. ३ कै मदन भण्डारी रंगशाला र उक्त विपद् पीडित हरुलाई एकिकृत स्थायी आवास निर्माण गरेर स्थानानतरण गर्न का निम्ति छनौट भएको क्षेत्रको स्थलगत भ्रमण ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



















