FAQs Complain Problems

मैवाखोला गाउँपालिकाको प्रशासकीय भवन

Read More

स्थानीय तह निर्वाचन २०७९, प्रमाण पत्र वितरण कार्यक्रम

Read More

अषारे खेति

Read More

मिल्के-जलजले क्षेत्रमा पाइने रेडपाण्डा

Read More

गाउँसभाको १२ औँ अधिवेशन पश्चात पालिकापरिवारको सामुयिक फोटो

Read More

गाउँसभाको १२ औँ अधिवेशन पश्चात पालिकापरिवारको सामुयिक फोटो

Read More

मैवाखोला गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको सुदुर पूर्वी जिल्ला ताप्लेजुङको पूर्वमा आठराई त्रिवेणी गाउँपालिका,पश्‍चिममा संखुवासभा जिल्लाको पञ्चखपन नगरपालिका र चैनपुर नगरपालिका,उत्तरपुर्वमा ताप्लेजुङ जिल्लाकै मिरिङदेन गाउँपालिका र दक्षिणमा तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिका चार किल्ला वीच अवस्थित साबिक तीन वटा गा.वि.स.हरू(ढुङ्गेसाँघु, साँघु र फाकुम्बा) समायोजन भई मैवाखोला गाउँपालिका नामाकरण भएको हो । यस गाउँपालिकामा जम्मा ६ वडा कार्यालयहरु रहेका छन् ।

जिल्लाको राजनीतिक विभाजनको हिसाबले ताप्लेजुङको निर्वाचन क्षेत्र "ख" अन्तर्गत यो गाउँपालिका पर्दछ। वर्तमान नेपालको संविधानमा व्यवस्था भए बमोजिमको स्थानीय तह अन्तर्गत एउटा स्थानीय तह वा सरकारको रुपमा स्थापित मैवाखोला गाउँपालिका जसको संचालन निर्वाचित जन प्रतिनिधिहरुबाट भइरहेको छ। यस गाउँपालिकाको कार्य तथा जिम्मेवारीहरु संविधानको अनुसूचीहरुमा उल्लेख भए अनुसार सञ्चालन भइरहेको छ। हाल यो स्थानीय सरकार संचालन ऐन, २०७४ बाट व्यवस्थित र संचालित छ। संघ र प्रदेश सरकारसंग यसको सम्वन्ध, सहअस्तित्व, समन्वय र सहकारीताको सिद्धान्तबाट निर्देशित र व्यवस्थित छ।

व्यवस्थापिकाको रुपमा गाउँसभा, न्यायपालिकाको रुपमा न्यायिक समिति र कार्यपालिकाको रुपमा गाउँकार्यपालिका जस्ता संरचनाहरु मार्फत यसले स्थानीय सरकारको रुपमा अभ्यास गरिरहेको छ। क्षेत्रफल १३८ वर्ग किलोमिटर रहेको छ । वि.स.२०७८ सालको जनगणनाको अन्तिम नतिजा अनुसार यस गाउँपालिकामा २२४९ घर धुरी, पुरुष ५१५८ र महिला ५०५५ गरि जम्मा १०२१३ जनसंख्या रहेको छ । 

Pages

मैवाखोला गाउँपालिकाको नक्सा

सूचना तथा समाचार

जन प्रतिनिधि

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रकृया पुर्याएर कागजाग ल्याए सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव र योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- वडा कार्यालय / गाउँपालिका ।
सेवा शुल्कः- ११००
आवश्यक कागजातहरुः-

- सम्झौता माग निवेदन
- सम्बन्धित वडाको सिफारिस
- उपभोत्ता समिति गठन गरी वडा अध्यक्ष बाट प्रमाणित निर्णयको प्रतिलिपि
- उपभोत्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- प्राविधिक लागत अनुमान
- समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ समबन्धित फाटँका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

- निवेदन -अदालत बाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

- पति/ पत्निको नागरिकताको प्रतिलिपि १/१ प्रति

- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ सम्बन्धित फाटँका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र आमा वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति
- आमा/ वुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विधार्थिको हकमा)
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि(विवाहितको हकमा)
- बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो दुई प्रति
- चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- दर्ता चलानी इकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • पत्र/निवेदन आदि ।

सेवा प्रकारः-
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष तथा प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय / वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • नागरिकता

  • निवेदन
सेवा प्रकारः-
सेवा समयः- आवश्यक कागजात तथा सिस्टममा समस्या नभएमा १ घन्टा भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क त्यसपछि रु २००
आवश्यक कागजातहरुः-
  • वुवा तथा आमाको नागरिकताको प्रमाण पत्र

  • निवेदन