सूचना
ग्यालरी
मैवाखोलामा कफी खेती विस्तार गरिँदै, गाउँपालिकाद्वारा किसानलाई बिरुवा वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती विस्तार गर्ने लक्ष्यसाथ तल्लो भेगका किसानलाई कफीको बिरुवा वितरण । गाउँपालिकाले किसानहरूको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले प्रत्येक घरलाई न्यूनतम १ सय वटा कफीको बिरुवा प्रदान गर्दै कार्यक्रम अघि बढाएको हो ।
मैवाखोला गाउँपालिकाको आ.ब.०८१/८२ को स्वीकृत याका चौरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं -६ साम्तोङको जलजले याक चौरी पालन कृषक समूहलाई १४ वटा याक चौरी हस्तान्तरण । गाउँपालिकाको यो वर्ष याक चौरी प्रबर्द्धन कार्यक्रम अन्तर्गत ५,००,०००/( पाँच लाख ) रुपैयाँ विनियोजन भएको थियो । पालिकाको ८० प्रतिशत अनुदान र कृषकहरुको २० प्रतिशत लगानी ।
मिति २०८२/०२/०५ गते मैवाखोला गाउँपालिका ताप्लेजुङ,
नेपाल नेत्र ज्योती सघ डिचेन डाेङला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको समन्वय तथा मैवाखोला गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालयका विद्यार्थिहरुको आँखा जाँच शिविर संचालन ।
मिति २०८२।०२।०३ गते मैवाखोला गाउँपालिकाको आयोजना, अध्यक्ष श्री विजय प्रकाश वनेम ज्युको अध्यक्षता र स्मार्ट माइक्रो रिसर्च प्रा.लि.को सहजीकरणमा संचालित "स्थानीय पाठ्यक्रम संशोधन मस्यौदा प्रतिवेदन" प्रस्तुतिकरण कार्य शाला ।
मिति २०८२/०२/०३ मैवाखोला गाउँपालिका ताप्लेजुङ को आयोजना, गाउँपालिका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्युको अध्यक्षता तथा नेपाल एबल फाउण्डेशनको सहजीकरणमा संचालित गाउँपालिकाको GESI( Gender equality and Social Inclusion) STRATEGY को मस्यौदा प्रतिवेदन माथि छलफल/अन्तरक्रिया तथा सुझाव दिने कार्यक्रम ।
मितिः२०८२।०१।११ मैवाखोला गाउँपालिका, ताप्लेजुङ
मितिः२०८२।०१।११ गते मैवाखोला गाउँपालिका
मैवाखोला गाउँपालिका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्युको अध्यक्षता र मैवाखोला गाउँपालिकाको चालु आ.व.मा २०८१।०८२ मा सञ्चालन भईरहेको मुख्य-मुख्य आयोजना हरुको अनुगमन गर्ने उद्देश्यले जिल्ला सम्न्वय समितिबाट आउनु भएका समन्वय प्रमुख श्री छिरिङ लामा ज्युको प्रमुख आथित्यतामा आयोजित अनुगमन सम्बन्धी समिक्षात्मक बैठक।
मैवाखोला गाउँपालिका द्वारा मिति २०८१ चैत्र २१ देखि २५ गते सम्म आयोजित " गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री विद्यालय" अन्तरगत सिकारु मैत्री सिकाइ वातावरण निर्माणका लागि क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला"
मिति:२०८१/१२/२० गते मैवाखोला गाउँपालिका, ताप्लेजुङ,
"बसन्तपुर - गुफापोखरी - साँघु - धढुङ्गेसाघु - दोभान" सडकखण्डमा बाह्रै महिना सहज रुपमा यातायात संचालनमा ल्याउने मैवाखोला गाउँपालिका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्यु को सार्वजनिक प्रतिवद्धता र पहलकदमी अनुसार संखुवासभा र तेह्रथुम जिल्लाको "घुर्विसे - चौकी - मंगलबारे - गुफापोखरी" खण्डमा भएको कामको प्रगति बारे अध्यक्ष ज्युद्वारा स्थलगत अनुगमन ।
मिति: २०८१|११|२९ गते, मैवाखोला गाँउपालिका, साँघु ताप्लेजुङ
गाउँपालिका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्युद्वारा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यक्रम अन्तर्गत १ घर १ धारा सहितको स्वच्छ खानेपानी अभियान जसमा ४७ घरधुरी, १ सामुदायिक विद्यालय र १ गुम्बा सहित जम्मा ४९ वटा धारा मार्फत स्थानीयहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्धेश्यले मैवाखोला गाउँपालिका र गोरखा वेलफेयर ट्रस्ट ( GWT) सँगको साझेदारीमा निर्माणाधिन वडा नं -६ स्थीत भित्ते आरुबोटे खानेपानी आयोजना निर्माण कार्यको प्रगति सम्बन्धी स्थलगत अध्ययन |
मितिः२०८१।१२।०५
मैवाखोला गाउँपालिका, साँघु ताप्लेजुङमा मिति २०८१ पौष २७ गते देखी मिति २०८१ चैत्र ०८ गते सम्म सञ्चालित ३९० घण्टा समय अवधीको मन्टेश्वरी तालिम ।
१५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा मैवाखोला गाउँपालिका २५ स्वर्ण ,१८ रजत,१८ कास्य पदक सहित प्रथम बन्न सफल ।
मिति :२०८१/१०/०७ गते ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद शर्मा ज्यु र ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.ना.उ. श्री रवि रावल ज्युको मैवाखोला गाउँपालिकाका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्यु सँगको भेटघाट |